BIZMANDU
www.bizmandu.com

२५० रुपैयाँको सामान किन्दा १० लाख उपहार, करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक

२०८३ साउन २२

२५० रुपैयाँको सामान किन्दा १० लाख उपहार, करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक
२५० रुपैयाँको सामान किन्दा १० लाख उपहार, करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक


काठमाडौं। कञ्चनपुरको पुनर्वास नगरपालिकाको एउटा सामान्य पसलमा २५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख रुपैयाँ उपहार जितेका छन्।

Tata
GBIME

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत शिवकृष्ण जनरल स्टाेरमा २५० रुपैयाँकाे सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँ जितेका हुन्।

आन्तरिक राजश्व विभागका अनुसार ती उपभोक्ताले साउन ७ गते सामान किनेका थिए। अर्थ मन्त्रालयमा शुक्रबार एक कार्यक्रम गरी उपहार योजनाको नतिजा सार्वजनिक गरिएको छ।

अन्य १५ जनाले १/१ लाख रुपैयाँ जितेका छन्। विजेताहरुको नाम भने गोपनीयता कायम गर्ने भन्दै सार्वजनिक गरिएको छैन।

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार हरेक महिना १ देखि १५ गतेसम्म र १६ गतेदेखि बाँकी दिनमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि दुई चरणमा उपहार घोषणा गरिनेछ।

बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन्। उपहार प्राप्त गर्न बिल भने अनिवार्यरूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ।

नगद तिरेका उपभोक्ताले वस्तु तथा सेवाको खरिदपछि अनिवार्यरूपमा प्यान तथा भ्याट बिल मागेर विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्नेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेटमार्फत करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए।