BIZMANDU
www.bizmandu.com

सपोर्ट लघुवित्तको नाफा १८१.३६ प्रतिशतले बढ्याे, लाभांश क्षमता ५०.७८ प्रतिशत

२०८३ साउन २२

सपोर्ट लघुवित्तको नाफा १८१.३६ प्रतिशतले बढ्याे, लाभांश क्षमता ५०.७८ प्रतिशत
सपोर्ट लघुवित्तको नाफा १८१.३६ प्रतिशतले बढ्याे, लाभांश क्षमता ५०.७८ प्रतिशत


काठमाडौं। गत आर्थिक वर्ष सपोर्ट लघुवित्त वित्तीय संस्थाले ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८१.३६ प्रतिशत बढी हो।

Tata
GBIME

अघिल्लो आर्थिक वर्ष लघुवित्तले २ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेकाे थियो।

प्रोभिजनिङमा राइट ब्याक हुनुका साथै खुद ब्याज आम्दानी बढेका कारण लघुवित्तको खुद नाफा उच्च दरले बढ्न पुगेको हो।

लघुवित्तको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशत बढेर १८ करोड ४९ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्ष लघुवित्तले १३ करोड ६४ लाख ब्याज आम्दानी गरेको थियो।

त्यसैगरी, कुल संचालन आम्दानी ३४.८५ प्रतिशतले बढेर २१ करोड ४१ लाख रुपैयाँ र संचालन मुनाफा १३४.२५ प्रतिशत बढेर १० करोड १९ लाख पुगेको छ।

लघुवित्तको कर्जा नोक्सानी १ करोड २ लाख रुपैयाँ राइट ब्याक भएकाे छ। नाफा बढेसँगै वितरणयोग्य मुनाफा ६ करोड ७० लाख रुपैयाँ पुगेको छ।

वितरणयोग्य नाफा अनुसार लघुवित्तको लाभांश क्षमता ५०.७८ प्रतिशत देखिएको छ।

लघुवित्तको प्रति सेयर आम्दानी ३४ रुपैयाँ ७१ पैसा बढेर ५६ रुपैयाँ ८२ पैसा पुगेको छ। मूल्य आम्दानी अनुपात ३२.१५ गुणा रहेको छ भने प्रति सेयर नेटवर्थ २०५ रुपैयाँ १३ पैसा छ।

१३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तकाे खराब कर्जा ५.७६ प्रतिशतबाट घटेर २.१६ प्रतिशतमा आएकाे छ।