BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट मेगा बैकका अध्यक्ष र सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

२०८३ साउन २१

इन्भेष्टमेन्ट मेगा बैकका अध्यक्ष र सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
इन्भेष्टमेन्ट मेगा बैकका अध्यक्ष र सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं। स्मार्ट सेल प्रकरणमा इन्भेष्टमेन्ट मेगा बैकका अध्यक्ष र सञ्चालक सदस्यलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले दुवै पक्षको छलफलबाट अर्को आदेश नभएसम्म पक्राउ नगर्न आदेश गरेको हो।

Tata
GBIME

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले साउन २५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।

स्मार्ट सेल प्रकाणमा अनुसन्धान गरिरहेको सिआइवीले जिल्ला अदालत काठमार्डौंबाट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र सदस्यहरुलाई पक्राउ गर्न अनुमति लिएको थियो। यसअघि प्रहरीले सोही प्रकरणमा बैंकका सिइओ ज्योति पाण्डेलाई पक्राउ गरे पनि अदालतको आदेशमा साधारण तारिकमा छुटेका थिए।