BIZMANDU
www.bizmandu.com

विकास बैंकको ब्यालेन्स सिटमा गज्जब सुधार, २० अर्ब ऋण विस्तार गर्दा ७.१४ अर्ब नाफा

२०८३ साउन २१

विकास बैंकको ब्यालेन्स सिटमा गज्जब सुधार, २० अर्ब ऋण विस्तार गर्दा ७.१४ अर्ब नाफा
विकास बैंकको ब्यालेन्स सिटमा गज्जब सुधार, २० अर्ब ऋण विस्तार गर्दा ७.१४ अर्ब नाफा


काठमाडौं। आर्थिक गतिविधि बढ्न नसके पनि राष्ट्रियस्तरका विकास बैंकको ब्यालेन्स सिटमा गज्जब सुधार देखिएको छ।

Tata
GBIME

विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा नाफा ८१.४७ प्रतिशतले बढाउँदै ७ अर्ब १४ करोड ६ लाख रुपैयाँ कमाएका छन्।

अघिल्लो वर्ष ती बैंकको नाफा ३ अर्ब ९३ करोड ४९ लाख रुपैयाँमा सीमित थियो। कर्जा नोक्सानी घटेर आम्दानी बढ्दा बैंकहरुको नाफा उल्लेख्यरुपमा बढेको हो।

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिनेश थकालीले घट्दो ब्याजदरका कारण ऋणीको क्षमता बढेर असुली राम्रो हुँदा नाफा सुधारिएको बताए।

‘कर्जाको ब्याजदर निकै नै तल आएको छ। जसले गर्दा ऋणीको क्षमता बढेर असुली बढ्यो र त्यसले नाफा वृद्धिमा सहयोग पुग्यो,’ उनले भने, ‘अघिल्लो वर्ष धेरै प्रोभिजनिङ भइसकेका कारण गत वर्ष थप गर्नुपरेन। त्यसले नाफाको ग्रोथ राम्रो भएको हो।’

कामना सेवा विकास बैंक नाफा सबैभन्दा कम बढाउनेको सूचीमा छ। यो बैंकको नाफा ३३.५१ प्रतिशतले वृद्धि हुँदा ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै ९०५.९ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै नाफा गर्नेमा भने गरिमा विकास बैंक छ। यो बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा गरेको छ। लुम्बिनी विकास बैंकले भने सबैभन्दा कम अर्थात ८५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

राष्ट्रियस्तरका विकास बैंक २०८२/८३
को नाफा (दश लाखमा)
२०८१/८२
को नाफा (दश लाखमा)
नाफा फरक (प्रतिशतमा)
कामना सेवा८९४१६६९७३३.५१
सांग्रिला८८९९६०६६४६.७
शाइन११८१२६४५६८२.९६
महालक्ष्मी६२९९४२४३४८.४६
गरिमा१६८८६१२४७६३५.३५
ज्योति १००५९१०००९०५.९
लुम्बिनी ८५१०२४११२५२.९७
जम्मा७१४०६३९३४९८१.४७
स्रोत : विकास बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण

राष्ट्रियस्तरका विकास बैंकले गत वर्ष कर्जा २० अर्ब रुपैयाँ बढाएका छन्। अघिल्लो वर्षसम्म कर्जा लगानी ३ खर्ब ५७ अर्ब रुपैयाँ रहेकामा गत वर्ष ५.६३ प्रतिशतले बढेर ३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।

कर्जा लगानी सुस्त रहे पनि प्रोभिजनिङ कम हुँदा त्यसले बैंकहरुको ब्यालेन्स सिट राम्रो भएको हो। अघिल्लो वर्ष ६ अर्ब ४३ करोड रुपैयाँ प्रोभिजनिङ गरेका बैंकहरुको यस्तो रकम अहिले ३ अर्ब ५१ करोडमा झरेको छ।

कोभिडपछि परेको असरका लागि अघिल्ला वर्षहरुमा धेरै नै प्रोभिजनिङ भइसकेकोले गत वर्ष चाप नपरेको र नाफा बढेको अर्का विकास बैंकका सीइओले बताए।

‘कोभिडको असरले गर्दा खराब कर्जा बढेपछि धेरै प्रोभिजनिङ पहिले नै गरिसकेका छौं। अघिल्ला वर्षहरुमा धेरै नै प्रोभिजनिङ गरिसकेकाले गत वर्ष चाप परेन,’ उनले भने, ‘असुली ठिकठाक हुँदा प्रोभिजनिङ थप भएर जाँदैन। त्यसकारण सम्रगमा सबै सूचक राम्रो भयो।’

राष्ट्रियस्तरका विकास बैंक २०८२/८३
कर्जा लगानी (दश लाखमा)
२०८१/८२
कर्जा लगानी (दश लाखमा)
२०८२/८३
प्रोभिजनिङ (दश लाखमा)
२०८१/८२
प्रोभिजनिङ (दश लाखमा)
कामना सेवा५४२१०१५००७७४२४१०८२३१८४
सांग्रिला४५८७४९४२८२३८९१३३४५४
शाइन६३२६७७५६९०७१२०७९९५०४
महालक्ष्मी४३३४१३४१५१०४३१५६५१७३
गरिमा७८२३११६९१३०६४९०६४७०
ज्योति४५२२४५४९५८३९३०१२८७८५
लुम्बिनी४७०५६२४७०५७११३५०७७८७
जम्मा३७७२०५८३५७०९०३३५१०८६४३५७
स्रोत : विकास बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण

नाफा सुधारिंदा बैंकहरुको लाभांश क्षमता दोहोरो अंकमा देखिएको छ। बैंकहरुको औसत लाभांश क्षमता १३.७१ प्रतिशत छ। घट्दो प्रोभिजनिङ र नाफा बढेका कारण विकास बैंकहरुको वितरणयोग्य नाफा बढेको हो। बैंकहरुको वितरणयोग्य मुनाफा ४ अर्ब ४० करोड रुपैयाँ छ।

वितरणयोग्य नाफा सबैभन्दा धेरै गरिमा विकास बैंकको १ अर्ब २१ करोड रुपैयाँ देखिएको छ। मुनाफा ९ गुणाले बढे पनि वितरणयोग्य नाफा ज्योति विकास बैंकको सबैभन्दा कम १४ करोड ४३ रुपैयाँ मात्र छ।

गरिमा विकास बैंकको लाभांश क्षमता सबैभन्दा धेरै २०.२३ प्रतिशत र ज्योति विकास बैंकको सबैभन्दा कम ३.२८ प्रतिशत छ।

विकास बैंकहरुको समग्र सूचक राम्रो देखिए पनि खराब कर्जा भने वृद्धि भएको छ। अघिल्लो वर्ष ५.०६ प्रतिशत रहेको औसत खराब कर्जा ५.७३ प्रतिशत पुगेको छ।

असुली भइसकेको कर्जा ६ महिनासम्म सोही वर्गमा कर्जा नोक्सानी गर्नुपर्ने व्यवस्थाका कारण खराब कर्जा थोरै बढेको सीइ‌ओहरुको भनाई छ।

‘गत चैतमा बिग्रिएको कर्जा जेठ-असारमा उठ्यो भने त्यसलाई निष्कृय कर्जामा राख्नुपर्छ,’ एक सीइओले भने, ‘त्यसले गर्दा केही बढेको जस्तो देखिएको हो।’

राष्ट्रियस्तरका विकास बैंक २०८२/८३
वितरणयोग्य नाफा (दश लाखमा)
२०८२/८३
लाभांश क्षमता (प्रतिशतमा)
२०८२/८३
असारसम्मको खराब कर्जा (प्रतिशतमा)
२०८१/८२
असारसम्मको खराब कर्जा (प्रतिशतमा)
कामना सेवा६०१११५.१६३.७७३.४९
सांग्रिला४९२३१३.१९६.८७५.५२
शाइन८६६४१६.८६४.९३४.२७
महालक्ष्मी४६५११०.३१६.३२४.९८
गरिमा१२१७९२०.२३४.७६४.६९
ज्योति१४४३३.२८६.५५७.७५
लुम्बिनी६१५५१६.९९६.९४४.७१
औसत४४०२६१३.७१५.७३५.०६
स्रोत : विकास बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण