BIZMANDU
www.bizmandu.com

सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले ऋषिराज मोरसँग माग्यो १ करोड धरौटी

२०८३ साउन २१

सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले ऋषिराज मोरसँग माग्यो १ करोड धरौटी
सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले ऋषिराज मोरसँग माग्यो १ करोड धरौटी

काठमाडौं। विषेश अदालतले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक समितिका पूर्वअध्यक्ष ऋषिराज मोरलाई सम्पति शुद्धीकरणको मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ।

Tata
GBIME

अदालतका सदस्यहरु नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार थुनछेक बहसपछि मोरलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

मोर, बिचौलिया दीपक भट्ट, सुलभ अग्रवाल लगायत ३९ जनाविरुद्ध गत जेठ २८ गते सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। मुद्दामा कूल २२ अर्ब ३९ करोड रुपैयाँ बिगो कायम गरिएको छ। भट्ट र अग्रवाल पुर्पक्षका लागि हाल कारागारमा छन्।

मुद्दा दायरपछि फरार भएका मोर बिहीबार अदालतमा हाजिर भएका थिए।