BIZMANDU
www.bizmandu.com

गुमुखोला भ्याकुरे हाइड्रोपावरले आइपीओ जारी गर्ने, आरबिबि मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक

२०८३ साउन २१

गुमुखोला भ्याकुरे हाइड्रोपावरले आइपीओ जारी गर्ने, आरबिबि मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक
गुमुखोला भ्याकुरे हाइड्रोपावरले आइपीओ जारी गर्ने, आरबिबि मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक

काठमाडौं। गुमुखोला भ्याकुरे हाइड्रोपावरले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयका लागि ५ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ।

GBIME
Tata

आइपीओ जारी गर्न कम्पनीले आरबिबि मर्चेन्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ।

सम्झौता पत्रमा हाइड्रोपावरका अध्यक्ष मित्र बहादुर श्रेष्ठ र आरबिबि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

प्रवर्धक कम्पनी गुमुखोला भ्याकुरे हाइड्रोपावरद्वारा निर्मित गुमुखोला भ्याकुरे जलविद्युत् आयोजना दोलखाको कालिञ्चोक गाउँपालिकामा छ। रन अफ रिभर प्रविधिमा आधारित यस आयोजनाको कुल जडित उत्पादन क्षमता ९५० किलोवाट छ।

यस आयोजनाबाट वार्षिक करिब ५.६ गिगावाट आवर विद्युत् उत्पादन भइरहेको छ। आयोजनाबाट उत्पादित विद्युत् ३३ के.भी. प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको सिंगटी सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ।