BIZMANDU
www.bizmandu.com

प्रतिनिधिसभा बैठक आक्कल झुक्कल ! ४५ दिनमा जम्मा ११ दिन मात्र, भएन नियमावली पालना

२०८३ साउन २१

प्रतिनिधिसभा बैठक आक्कल झुक्कल ! ४५ दिनमा जम्मा ११ दिन मात्र, भएन नियमावली पालना
प्रतिनिधिसभा बैठक आक्कल झुक्कल ! ४५ दिनमा जम्मा ११ दिन मात्र, भएन नियमावली पालना


काठमाडौं। प्रतिनिधिसभा बैठकको संख्या न्यून देखिएको छ। साउन १४ र १९ गते बसेको प्रतिनिधिसभा बैठक अब २२, २५ र २६ गते मात्रै बस्ने भएको छ।

Tata
GBIME

सभामुख डोलप्रसाद अर्यालले भदौ महिनामा पनि थोरै मात्रै बैठक बोलाउने भएका छन्। प्रतिनिधिसभाको भदौ १५ सम्मको क्यालेण्डर अनुसार ६ वटा बैठक बस्ने छन्। १, २ र ३ तथा ८, ९ र १० गते मात्रै प्रतिनिधि सभाको बैठक बस्ने छ।

साउनदेखि भदौ १५ सम्मको डेढ महिनाको अवधिमा क्यालेण्डर अनुसार जम्मा ११ वटा बैठक मात्रै बस्ने छन्।

भएन नियमावली पालना

प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ अनुसार सभामुख अर्यालले प्रत्यक महिनाको पहिलो हप्ताको कुनै दिन प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रश्नोत्तर गराउनुपर्ने व्यवस्था छ।

नियमावली अनुसार क्यालेण्डरमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर राखिएको छैन। नयाँ संसद् आएको ५ महिनासम्म पनि नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर भएको छैन।

जेठ १७ गते पूर्वनिर्धारित तालिकाविनै प्रधानमन्त्री शाहले एक्कासि बैठकमा उपस्थित भएर सांसद्लाई प्रश्न सोध्न भनेका थिए। जसमा उनी उत्तर दिने क्रममा आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका थिए।