BIZMANDU
www.bizmandu.com

सुनको भाउ एकैदिन ८ हजारले बढ्यो, कारोबार मूल्य तोलाको २ लाख ९६ हजार रुपैयाँ

२०८३ साउन २१

सुनको भाउ एकैदिन ८ हजारले बढ्यो, कारोबार मूल्य तोलाको २ लाख ९६ हजार रुपैयाँ
सुनको भाउ एकैदिन ८ हजारले बढ्यो, कारोबार मूल्य तोलाको २ लाख ९६ हजार रुपैयाँ


काठमाडौं। सुनको मूल्य एकैदिनमा फराकिलो अन्तरले बढेको छ।अघिल्लो दिनको बिहीबार भन्दा सुन तोलामा ८ हजार रुपैयाँ वृद्धि भएको छ।

Tata
GBIME

बिहीबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९६ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि मंगलबारका तुलनामा बुधबार तोलामा ४ हजार २ सय रुपैयाँ बढेर कारोबार मूल्य प्रति तोला २ लाख ८८ हजार रुपैयाँ भएको थियो। दुई दिनमा सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँले बढेको हो। मंगलबार तोलाको २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि बढेर बिहीबार तोलाको ४ हजार ५ सय ७० रुपैयाँ भएको छ। बुधबारका तुलनामा बिहीबार तोलामा ९५ रुपैयाँ बढेको हो। बुधबार प्रति तोला ४ हजार ४ सय ७५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस ४२५५.१२ डलर र चाँदी ६१.८५ डलरले कारोबार भइरहेको छ। बुधबार सुन प्रति औंस ४१३३.६ डलर र चाँदी प्रति औंस ६०.७४ डलर थियो।