काठमाडौं। सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरिएको छ। अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको नयाँ तलबमान बिहीबार आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।
मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले नयाँ तलबमान स्वीकृत गरेको थियो। सरकारले बजेटमार्फत कर्मचारीको तलब १० प्रतिशत बढाएको थियो। कर्मचारीले बढेको तलबमा १० प्रतिशत प्रोत्साहन भत्ता पनि पाउनेछन्। यस्तै मासिक ५ हजार रुपैयाँ महँगी भत्तालाई निरन्तरता दिइएको छ।
‘साउन १ गते देखि लागू हुनेगरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारी (निवृत्तभरण प्रयोजन)को संलग्न अनुसूची १ देखि ८ सम्मको नयाँ तलबमान एवं एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकम कायम गर्ने,’ नयाँ तलबमान कार्यान्वयनका लागि अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय/आयोग/सचिवालय/कार्यालयमा पठाएको पत्रमा भनिएको छ