BIZMANDU
www.bizmandu.com

प्रोभिजनिङ घटेर ब्याज आम्दानी बढ्दा लुम्बिनी विकास बैंकको नाफामा उछाल, व्यवसाय संकुचित

२०८३ साउन २१

प्रोभिजनिङ घटेर ब्याज आम्दानी बढ्दा लुम्बिनी विकास बैंकको नाफामा उछाल, व्यवसाय संकुचित
प्रोभिजनिङ घटेर ब्याज आम्दानी बढ्दा लुम्बिनी विकास बैंकको नाफामा उछाल, व्यवसाय संकुचित


काठमाडौं। गत आर्थिक वर्षमा लुम्बिनी विकास बैंकको व्यवसाय ०.०२ प्रतिशतले घटेर ४७ अर्ब ५ करोडमा सीमित भएको छ। अधिल्लो वर्ष बैंकको कर्जा प्रवाह ४७ अर्ब ६ करोड रुपैयाँ थियो।

Tata
GBIME

व्यवसाय प्रभावित हुँदा पनि गत वर्ष बैंकको खुद नाफा २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० लाख पुगेको छ। अघिल्लो वर्ष बैंकको नाफा २४ करोड ११ लाख रुपैयाँ थियो।

प्रोभिजनिङ घटेर ब्याज आम्दानी बढ्दा बैंकको नाफा बढेको हो। सोही अवधिमा कर्जा प्रोभिजनिङ भने ७७ करोड ७८ लाखबाट घटेर १३ करोड ५० लाखमा सीमित भएको छ।

बैंकको ब्याज आम्दानी ७.५३ प्रतिशतले बढेर १ अर्ब ९९ करोड पुगेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी १ अर्ब ८५ करोड रुपैयाँ थियो।

यस्तै, नेट फि कमिसन २१ करोड ६५ लाख रुपैयाँबाट घटेर १९ करोड ६२ लाखमा सीमित भएको छ।

बैंकको वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ छ। जसअनुसार बैंकको लाभांश क्षमता १६.९९ प्रतिशत देखिन्छ। बैंकको कष्ट अफ फण्ड ३.९५ प्रतिशतमा आएको छ।

बैंकको पुँजीकोष अनुपात १३.५६ प्रतिशतबाट बढेर १४.९६ प्रतिशत पुगेको छ। बैंकको प्रति सेयर आम्दानी २३.४८ रुपैयाँ र प्रति सेयर नेटवर्थ २७३.१३ रुपैयाँ छ।