काठमाडौं। कृषि विकास बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २९.२१ प्रतिशत कम हो।
अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। प्रोभिजनिङ बढेर ब्याज आम्दानी खुम्चिँदा नाफा प्रभावित भएको हो।
बैंकको ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ९ अर्ब ४४ करोड रुपैयाँ थियो।
यस्तै, नेट फि कमिसन १ अर्ब ६२ करोड रुपैयाँबाट बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा भने बढेको छ। अघिल्लो वर्ष ३.४४ प्रतिशत रहेको खराब कर्जा बढेर ४.०७ प्रतिशत पुगेको छ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब २६ करोड रुपैयाँ छ। जसअनुसार बैंकको लाभांश क्षमता ६.५४ प्रतिशत देखिन्छ। बैंकको कष्ट अफ फण्ड २.९७ प्रतिशतमा आएको छ।
बैंकको कर्जा २ खर्ब १२ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४७ अकरोड रुपैयाँ पुगेको छ। बैंकको पुँजीकोष अनुपात १३.९३ प्रतिशतबाट घटेर १३.२९ प्रतिशत पुगेको छ।