BIZMANDU
www.bizmandu.com

आजको मौसम पूर्वानुमान : मनसुन सक्रिय रहँदा यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

२०८३ साउन २१

आजको मौसम पूर्वानुमान : मनसुन सक्रिय रहँदा यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
आजको मौसम पूर्वानुमान : मनसुन सक्रिय रहँदा यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने


काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME

हाल देशभर साधारणतया बादल लागेको छ। हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग, कोशी प्रदेशका हिमाली र पहाडी भू-भाग, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

त्यसैगरी, बिहीबार राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।