BIZMANDU
www.bizmandu.com

भूमि प्रशासन कार्यालयहरूमा फाराम भर्ने प्रक्रिया सहज बनाउन पाँच सदस्यीय समिति गठन

२०८३ साउन २०

भूमि प्रशासन कार्यालयहरूमा फाराम भर्ने प्रक्रिया सहज बनाउन पाँच सदस्यीय समिति गठन
भूमि प्रशासन कार्यालयहरूमा फाराम भर्ने प्रक्रिया सहज बनाउन पाँच सदस्यीय समिति गठन


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवासम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ।

Tata
GBIME

मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो।

समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैं भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। गठित समितिले फारम सरलीकरण सम्बन्धी प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्नेछ।

मन्त्रालयका अनुसार भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले अरूको सहयोग लिनुपर्ने बाध्यता अन्त्य गर्दै स्वयम् आफैंले लिखत फाराम भर्न सक्ने उद्देश्यले समिति गठन गरिएको हो। समितिबाट उक्त प्रतिवेदन प्राप्त भएपछि सरलीकृत लिखत फाराम कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ।