काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को यही भदौ २९ गते हुने ५९औं वार्षिक साधारण सभामा हुने चुनावका लागि भरत जंग पाण्डेले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
एभरेष्ट मिराकल ट्राभल एण्ड टुर्सका सञ्चालक पाण्डेले नाट्टा रुपान्तरणका ११ बुँदे संकल्पसहित आफ्नो प्यानल नै घोषणा गरेका हुन्।
२५औं कार्यसमिति निर्वाचन २०८३ साउन २९ गते (अगस्ट १४, २०२६) काठमाडौँमा हुँदैछ।
उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सबिता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा र सह-कोषाध्यक्षमा जीवन कोइराला उम्मेदवार छन्।
यस्तै कार्यसमिति सदस्यमा दिनानाथ पाण्डे (प्रकाश), दिनेश मैनाली, दीपक मरासिनी, नबिन गुरुङ, प्रकाश लोहानी, सरला सापकोटा, सुमनलाल श्रेष्ठ र स्वस्तिका प्रधान उम्मेदवार छन्।
अध्यक्षका उम्मेदवार पाण्डेले सबै सदस्यलाई समान अवसर उपलब्ध गराउने, सम्भावित अन्तर्राष्ट्रिय बजार पहिचान गरी नियमितरुपमा सेल्स मिसन सञ्चालन गर्ने, हवाई टिकटमा भ्याट हटाउन पहल गर्ने लगायत संकल्प गरेका छन्।