BIZMANDU
www.bizmandu.com

नेप्सेमा दुई नयाँ म्युचुअल फण्ड सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

२०८३ साउन २०

नेप्सेमा दुई नयाँ म्युचुअल फण्ड सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने
नेप्सेमा दुई नयाँ म्युचुअल फण्ड सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा २ वटा म्युचुअल फण्डको इकाइ सूचीकृत भएको छ। नेप्सेमा बुधबार एलएस होराइजन १२ र सानिमा इक्विटी फण्ड-२ को इकाइ सूचीकृत भएका हुन्।

GBIME
Tata

एलएस होराइजन १२ को १५ करोड इकाइ सूचीकृत भएको छ। व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलमार्फत एलएस होराइजन १२ ले सर्वसाधारणलाई इकाइ निष्कासन गरेको थियो।

यस्तै, सानिमा इक्विटी फण्ड-२ को १२ करोड ५० लाख इकाइ सूचीकृत भएको छ। फण्डले व्यवस्थापक सानिमा क्यापिटलमार्फत सर्वसाधारणमा इकाइ बिक्री गरेको थियो।

दुवै योजनाको बिहीबारदेखि दोस्रो बजारमार्फत इकाइ खरिदबिक्री गर्न सकिनेछ।