काठमाडौं। सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आयोगको अध्यक्ष नियुक्त गरेको हो। केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन्।
सरकारले गत चैत १३ गतेअघि नियुक्त पदाधिकारीलाई अध्यादेश ल्याएर हटाउने तयारी गरेपछि केसीले वैशाख १७ गते राजीनामा दिएका थिए।
मन्त्रिपरिषद् बैठकले आयोगको सचिवमा प्रा. डा रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।