BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशले बढ्यो, कमायो ६२ करोड ९९ लाख

२०८३ साउन २०

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशले बढ्यो, कमायो ६२ करोड ९९ लाख
महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशले बढ्यो, कमायो ६२ करोड ९९ लाख


काठमाडौं। महालक्ष्मी विकास विकास बैंकको नाफा ४८.४६ प्रतिशले बढेको छ। गत आर्थिक वर्ष बैंकले ६२ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा ४२ करोड ४३ लाख रुपैयाँ थियो।

Tata
GBIME

कर्जा नोक्सानी घटेर ब्याज आम्दानी बढ्दा बैंकको नाफामा सुधार देखिएको हो। कर्जा नोक्सानीमा बैंकले ३१ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यस्तो नोक्सानी ५१ करोड ७३ लाख छुट्याइएको थियो।

बैंकको ब्याज आम्दानी १०.६९ प्रतिशतले वृद्धि भई २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। ब्याज आम्दानीसँगै फि कमिसन आम्दानी पनि बढेर २५ करोड २८ लाख रुपैयाँ पुगेको छ।

गत वर्ष बैंकको प्रति सेयर आम्दानी १३.९६ रुपैयाँ र प्रति सेयर नेटवर्थ १६५.४२ रुपैयाँ छ। बैंकको कर्जा लगानी ४१ अर्ब ५१ करोडबाट बढेर ४३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

पुँजीकोष अनुपात १७.०६ प्रतिशतबाट बढेर १७.५७ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा भने अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेकोमा अहिले ६.३२ प्रतिशत पुगेको छ।