BIZMANDU
www.bizmandu.com

ग्लाेबल आइएमई बैंकले कमायो ६ अर्ब २२ करोड रुपैयाँ नाफा, लाभांश क्षमता १२.०२ प्रतिशत

२०८३ साउन २०

ग्लाेबल आइएमई बैंकले कमायो ६ अर्ब २२ करोड रुपैयाँ नाफा, लाभांश क्षमता १२.०२ प्रतिशत
ग्लाेबल आइएमई बैंकले कमायो ६ अर्ब २२ करोड रुपैयाँ नाफा, लाभांश क्षमता १२.०२ प्रतिशत


काठमाडौं। ग्लाेबल आइएमई बैंकले गत आर्थिक वर्ष ६ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १९.१६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ५ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

Tata
GBIME

गत आर्थिक वर्ष फि तथा कमिसनसँगै अन्य आम्दानी बढ्दा बैंकको नाफा बढेको हो। बैंकले १६ अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी १६ अर्ब ६७ करोड रुपैयाँ थियो।

यस्तै, खुद फि कमिसन ४ अर्ब १८ करोड रुपैयाँबाट बढेर ४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड रुपैयाँ छ। जसअनुसार बैंकको लाभांश क्षमता १२.०२ प्रतिशत देखिन्छ।

बैंकको निक्षेप ५ खर्ब ५० अर्बबाट बढेर ६ खर्ब ६९ अर्ब रुपैयाँ तथा कर्जा ४ खर्ब १० अर्ब बाट बढेर ४ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा भने बढेको छ। अघिल्लो वर्ष ४.८६ प्रतिशत रहेको खराब कर्जा बढेर ४.९६ प्रतिशत पुगेको छ। बैंकको पुँजीकोष अनुपात १२.१० प्रतिशत पुगेको छ।