BIZMANDU
www.bizmandu.com

दोस्रो बजारमा नयाँ उपकरण ल्याउन सेबोनले बनायो समन्वय समिति, रुपेश केसी संयोजक

२०८३ साउन १९

दोस्रो बजारमा नयाँ उपकरण ल्याउन सेबोनले बनायो समन्वय समिति, रुपेश केसी संयोजक
दोस्रो बजारमा नयाँ उपकरण ल्याउन सेबोनले बनायो समन्वय समिति, रुपेश केसी संयोजक


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति बनाएको छ।

Tata
GBIME

सेबोनले मार्जिन लेण्डिङ, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ लगायत योजना कार्यान्वयनका लागि सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा समिति बनाएको हो।

समितिको सदस्यमा सेबोनबाट तीन जनासहित नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र स्टक ब्रोकर एसोसिएसन अफ नेपालका तर्फबाट एक-एक जना प्रतिनिधि छन्।

समितिलाई मार्जिन लेण्डिङ, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङका लागि गर्नुपर्ने कानुनी, प्राविधिक, सञ्चालन तथा प्रक्रियागत व्यवस्थामा सुझाव दिन भनिएको छ।

सेबोनका अनुसार समितिले आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था लगायत अन्य निकायसँग समेत सहकार्य गर्नेछ।

सेबोनले चालु वर्षको नीति अनुसार दोस्रो बजारमा पहिलो चरणमा मार्जिन लेण्डिङ, दोश्रो चरणमा इन्ट्राडे, तेस्रो चरणमा धितोपत्र सापटी तथा उधारो र चौथो चरणमा आवरणयुक्त सर्ट सेलिङको व्यवस्था गर्ने तयारी गरेको छ।

समितिले मार्जिन लेण्डिङ सम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल प्रारम्भ गर्दै काम सुरु गरेको छ।