BIZMANDU
www.bizmandu.com

बैंकका सीइओसँग अर्थमन्त्रीले भने- सहज अवस्थामा पनि कर्जाको माग बढ्न नसक्नु चिन्ताको विषय

२०८३ साउन १९

बैंकका सीइओसँग अर्थमन्त्रीले भने- सहज अवस्थामा पनि कर्जाको माग बढ्न नसक्नु चिन्ताको विषय
बैंकका सीइओसँग अर्थमन्त्रीले भने- सहज अवस्थामा पनि कर्जाको माग बढ्न नसक्नु चिन्ताको विषय


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समस्या पहिचानमात्रै नभएर सरकार समाधानमा केन्द्रित भएको बताएका छन्।

Tata
GBIME

उनले मंगलबार वाणिज्य बैंकका सीइओलाई मन्त्रालयमा बोलाएर छलफल गर्दै बैंकिङ क्षेत्रका समस्या समाधान गरेर अर्थतन्त्रलाई गति दिन सरकार तत्पर रहेको बताए।

‘यो छलफल समस्या पहिचान गर्नमात्रै सीमित हुँदैन। प्राप्त सुझाव कार्यान्वयनको ठोस मार्गचित्र पनि बन्नेछ,’ वाग्लेले भने।

कानुनी र प्रक्रियागत सुधारमा निर्णय लिन पनि सरकार नअल्मलिने अर्थमन्त्रीको भनाइ थियो। अर्थतन्त्रलाई प्रक्रियात्मक ढङ्गले मात्र बुझ्न र हेर्न नहुने वाग्लेले बताए।

‘नेपाललाई उच्च आर्थिक वृद्धि र उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउनु पर्नेछ। यस्तो बेला प्रक्रियामा मात्रै लामो समय अल्झिएर बस्नु हुँदैन,’ अर्थमन्त्रीले भने, ‘त्यसैले समस्या भएकै विन्दुबाट समाधानको उपाय खोज्न सरकार तयार छ। हामी समस्या पहिचानसँगै समाधानको बाटोमा मुलुकलाई लैजाने प्रतिबद्धता जनाउँछौँ।’

बैंकिङ क्षेत्रसँग सरकार नियामकको रुपमा मात्रै प्रस्तुत नहुने पनि वाग्लेले बताएका छन्। उनले सरकार र बैंकिङ क्षेत्रबीच आर्थिक विकासका लागि साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हुनुपर्ने बताए।

ब्याजदर न्यून हुँदा र बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम हुँदासमेत लगानी नबढेकामा अर्थमन्त्रीले चासो राखे। ‘यस्तो सहज अवस्थामा पनि कर्जाको माग बढ्न नसक्ने र व्यवसायीहरूले लगानी नगर्नु चिन्ताको विषय हो। यसमा के गर्न सकिन्छ तपाइँहरूको सुझाव महत्त्वपूर्ण हुनेछ।’