BIZMANDU
www.bizmandu.com

पोखरा विमानस्थलमा कर छुट दिएको मुद्दामा क्यानका पूर्वडीजीसँग मागियो ३ लाख धरौटी

२०८३ साउन १९

पोखरा विमानस्थलमा कर छुट दिएको मुद्दामा क्यानका पूर्वडीजीसँग मागियो ३ लाख धरौटी
Pradip Adhikari-CAAN-bizmandu


काठमाडौं। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा हिनामिना भएको भन्दै दायर मुद्दामा नागरिक उड्डयन प्राधिकरणका तात्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग तीन लाख धरौटी माग गरेको छ।

Tata
GBIME

विशेषका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरु हेमन्त रावल र विधुर कोइरालाको इजलासले अधिकारीसँग धरौटी माग गरेको हो। चिनियाँ कम्पनीलाई २ अर्ब २२ करोड रुपैयाँ कर छुट दिएर राज्यकोषमा नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले मुद्दा हालेको थियो।

सोही मुद्दा यसअघि यसअघि भ्रष्टाचार मुद्दामा पूर्व अर्थसचिव शंकरप्रसाद अधिकारी र पूर्वसचिव केवल भण्डारी र डुण्डीराज घिमिरेसँग धरौटी माग भएको थियो।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित १३ जना विरुद्ध गत बैशाख २४ गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विमानस्थल निर्माण कम्पनीलाई राज्यकोषबाट ३ अर्ब ६२ करोड  रुपैयाँ कर छुट दिएर नोक्सानी भएको आरोपमा मुद्दा दायर गरिएको हो।

धरौटी माग भएपनि अधिकारी अन्य नलिनचोक हेलिप्याड प्रकरणमा थुनामै छन्।