BIZMANDU
www.bizmandu.com

सुकुम्बासीको खानामा २.२० करोड व्यवसायी प्रवर्धन कोषबाट खर्च, सुधनले सचिवलाई दिएका थिए धम्की

२०८३ साउन १९

सुकुम्बासीको खानामा २.२० करोड व्यवसायी प्रवर्धन कोषबाट खर्च, सुधनले सचिवलाई दिएका थिए धम्की
सुकुम्बासीको खानामा २.२० करोड व्यवसायी प्रवर्धन कोषबाट खर्च, सुधनले सचिवलाई दिएका थिए धम्की


काठमाडौं। सरकारले सुकुम्बासीको खाना र सामान ओसारपसारमा २ करोड २० लाख रुपैयाँ निर्माण व्यवसायी प्रवर्धन कोषबाट खर्च गरेको छ।

Tata
GBIME

निर्माण व्यवसायीको क्षमता अभिवृद्धि, तालिम, प्रविधि हस्तान्तरण, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन तथा निर्माण क्षेत्रलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले खडा गरिएको कोषको रकम सरकारले सुकुम्बासी व्यवस्थापनका लागि खर्च गरेको हो।

कोषका अध्यक्ष पूर्वाधार विकासमन्त्री सुनिल लम्साल हुन्। सुकुम्बासी व्यवस्थापनको जिम्मा पनि यही मन्त्रालयको जिम्मेवारीमा पर्छ।

सुकुम्बासीको खानाका लागि बजेटको जोहो हुन नसकेपछि लम्सालले कोषको रकम प्रयोग गरेको स्रोतले बतायो। स्रोतका अनुसार कोषबाट सुकुम्बासीका लागि भएको खर्चलाई ‘सामाजिक कार्य’ शीर्षकमा राखिएको छ।

व्यवसायीको हितमा खर्च गरिनुपर्ने रकम उद्देश्यसँग मेल नै नखाने क्षेत्रमा प्रयोग गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले असन्तुष्टि जनाएको छ।

‘सरकारले आफ्नो नियमित दायित्वअन्तर्गत पर्ने कार्यक्रम संचालन गर्न निर्माण व्यवसायी प्रवर्धन कोष प्रयोग गर्नु गलत हो। एकपटक यस्तो नजिर बसिसकेपछि भविष्यमा पनि कोषलाई अन्य उद्देश्यका लागि प्रयोग गर्ने जोखिम बढ्ने चिन्ता छ,’ नेपाल निर्माण व्यवसायी महासंघको कार्यसमितिका एक सदस्यले भने।

स्रोतका अनुसार पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले सुकुम्बासी समस्या यथाशीघ्र समाधान गर्नुपर्ने अन्यथा खाना खुवाउनका लागि स्रोत नरहेको बताएपछि गृहमन्त्री सुदन गुरुङले पूर्वाधार मन्त्रालयमै पुगेर सिग्देलसामु रौद्र रुप देखाएका थिए।

सुधनले सिग्देलसामु ‘सुकुम्बासीले एक दिन पनि खाना पाएनन् भने सबैलाई मन्त्रालयमै ल्याएर राखिदिन्छु। अनि थाहा हुन्छ’ भनेको स्रोतले बतायो।