BIZMANDU
www.bizmandu.com

मुन्दडा निवासमा छापा मारेका एसपीलाई प्रदेश प्रहरी कार्यालयले सोध्यो स्पष्टीकरण, ‘कारण के हो?’

२०८३ साउन १९

मुन्दडा निवासमा छापा मारेका एसपीलाई प्रदेश प्रहरी कार्यालयले सोध्यो स्पष्टीकरण, ‘कारण के हो?’
मुन्दडा निवासमा छापा मारेका एसपीलाई प्रदेश प्रहरी कार्यालयले सोध्यो स्पष्टीकरण, ‘कारण के हो?’


काठमाडौं। विराटनगरस्थित व्यापारीक घराना देवेनारा समूहको निवासमा प्रहरीले सोमबार आतंकित पार्नेगरी छापा मारेको घटनामा जिल्ला प्रहरी कार्यालय मोरङलाई स्पष्टीकरण सोधिएको छ।

Tata
GBIME

कोशी प्रदेश प्रहरी कार्यालयले २४ घण्टाभित्र घटनाको विवरणसहित पेस गर्न जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालको नाममा पत्राचार गरेको हो। सोमबार मोरङ प्रहरीले करिब ५ घण्टा सडक नै  बन्द गरेर मुन्दडा निवासमा छापा मारेको थियो।

छापा मार्नुअघि प्रदेश प्रहरीलाई जानकारी दिए पनि विस्तृत जानकारी नभएपछि कारण सोधिएको हो। किन छापा मारेको? सूचनाको विश्वसनीयता के हो? यसको प्रगति के भयो भन्ने विषयमा स्पष्टीकरण सोधिएको प्रदेश प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ।

‘हामीले सूचनादेखि त्यसको प्रगतिसम्मको विवरण मागेका छौं’ स्रोतले भन्यो।

जिल्लाका प्रहरी प्रमुख एसपी कटुवालको नेतृत्वमा छापा मारिएको थियो। तर केही पनि नभेटिएपछि प्रहरी रित्तो हात फर्किएको हो। प्रहरीको छापामार शैलीमा व्यवसायीको घरमा पुगेको घटनालाई लिएर मोरङ लगायत अन्य क्षेत्रका व्यापारीले विरोध गरेका छन्। त्यस्तै नेपाल प्रहरीको अनुसन्धान र छापामा समेत प्रश्न उठेको छ। प्रहरी भित्र पनि मोरङको छापा शैलीलाई लिएर चर्को विरोध भइरहेको छ।

मुन्दडा समूह जेजे ज्वेलर्स नामक चाँदीका गहना उद्योग, बाबा आयल रिफाइनरी र हाइलाइफ चप्पल उद्योग सञ्चालन गर्दै आएको औद्योगिक समूह हो। जेजे ज्वेलर्स नेपालको सबैभन्दा ठूलो चाँदी उद्योग हो। सोही समूहका प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशीका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष पनि हुन्।