काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्समा संस्थापक सेयरधनीका तर्फबाट ममताकुमारी साह, योगेशकुमार नेपाल, विवेकराम भण्डारी र राजेश खत्री सञ्चालक नियुक्त भएका छन्।
ममता मिनोलटा इन्भेष्टमेन्ट प्रालि तथा योगेश, विवेकराम र राजेश मेट्रो क्यापिटल प्रालिका तर्फबाट बाँकी अवधिका लागि क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सञ्चालक नियुक्त भएका हुन्। सञ्चालक समितिको बैठकले योगेशलाई अध्यक्ष चयन गरेको छ।
सञ्चालक समितिको सोमबार बसेको बैठकले नायब सीइओ अभिजित केसीलाई कामु सीइओको जिम्मेवारी दिएको छ। धितोपत्र कारोबार सम्बन्धी कसूरमा गत जेठ २८ गते मुद्दा दायर भएपछि सीइओ प्रतापमान श्रेष्ठ निलम्बनमा छन्।
धितोपत्र कारोबार सम्बन्धी कसूरमा इन्स्योरेन्सका तत्कालीन सञ्चालक विदुर पुरी, मृदुला सरिया, विनोद नरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ र सुनिता मर्हजनविरुद्ध पनि मुद्दा दायर भएको थियो।