BIZMANDU
www.bizmandu.com

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको व्यवसाय ११.१७ प्रतिशतले बढ्यो, खराब कर्जामा वृद्धि

२०८३ साउन १९

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको व्यवसाय ११.१७ प्रतिशतले बढ्यो, खराब कर्जामा वृद्धि
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको व्यवसाय ११.१७ प्रतिशतले बढ्यो, खराब कर्जामा वृद्धि


काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको व्यवसाय ११.१७ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा बैंकको कर्जा लगानी बढेर ६३ अर्ब २६ करोड रुपैयाँ पुगेको हो।

GBIME
Tata

अघिल्लो वर्ष कर्जा लगानी ५६ अर्ब ९० करोड रुपैयाँ थियो। व्यवसाय वृद्धिसँगै बैंकको ब्याज आम्दानी ६.८९ प्रतिशतले बढेर २ अर्ब ८२ करोड पुगेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी २ अर्ब ६४ करोड रुपैयाँ थियो।

कर्जा नोक्सानी घटेर ब्याज आम्दानी बढ्दा नाफा ८२.९६ प्रतिशतले वृद्धि भएको छ। असार मसान्तसम्म बैंकको नाफा बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष बैंकको खुद नाफा ६४ करोड ५६ लाख थियो। अघिल्लो वर्ष ९५ करोड ४ लाख कर्जा नोक्सानी गरेको बैंकले गत असार मसान्तसम्म यस्तो नोक्सानी २० करोड ७९ लाख छुट्याएको छ।

बैंकको खराब कर्जा ४.९३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष खराब कर्जा ४.२७ प्रतिशत थियो। पुँजीकोष अनुपात १३.७० प्रतिशत पुगेको छ भने बेसरेट ५.३८ प्रतिशतमा आएको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ८४ करोड ६४ लाख पुगेको छ। यसलाई आधार मान्दा बैंकको लाभांश क्षमता १६.८६ प्रतिशत देखिन्छ।