काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले राजीनामा दिएका छन्।
भट्टराईले नियुक्ति पाएको तीन महिनामै राजीनामा दिएका हुन्। उनी गत वैशाख १० गते इन्स्योरेन्सको सीइओ नियुक्त भएका थिए।
इन्स्योरेन्सको सञ्चालक समितिको सोमबार बसेको बैठकले भट्टराईको राजीनामा स्वीकृत गरी अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत रेना रिजाललाई कामु सीइओको जिम्मेवारी दिएको छ।