BIZMANDU
www.bizmandu.com

एनएमबि बैंकले ४०.६० प्रतिशतले बढायो नाफा, ४ अर्ब १ करोड कमाउँदा लाभांश क्षमता कति?

२०८३ साउन १९

एनएमबि बैंकले ४०.६० प्रतिशतले बढायो नाफा, ४ अर्ब १ करोड कमाउँदा लाभांश क्षमता कति?
एनएमबि बैंकले ४०.६० प्रतिशतले बढायो नाफा, ४ अर्ब १ करोड कमाउँदा लाभांश क्षमता कति?


काठमाडौं। एनएमबी बैंकको नाफा ४०.६० प्रतिशतले बढेको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ।

Tata
GBIME

अघिल्लो आर्थिक वर्ष बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ थियो।

फि कमिसनसँगै ब्याज आम्दानी बढ्दा नाफा बढेको हो। बैंकले गत आर्थिक वर्ष ब्याज आम्दानी ९ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ८ अर्ब २ करोड रुपैयाँ थियो।

बैंकको फि तथा कमिसन आम्दानी २ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको छ। त्यसैगरी, सञ्चालन नाफा २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

असारसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ७५ करोड रुपैयाँ छ। जसअनुसार बैंकको लाभांश क्षमता ९.०८ प्रतिशत छ।

चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको बैंकको निक्षेप २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँबाट बढेर ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी, कर्जा २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ४९ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा भने बढेको छ। अघिल्लो वर्ष ४.११ प्रतिशत रहेको खराब कर्जा बढेर ४.९१ प्रतिशत पुगेको छ। खराब कर्जा बढेका कारण कर्जा नोक्सानी समेत बढेको छ। बैंकले कर्जा नोक्सानीका लागि २ अर्ब ३४ करोड रुपैयाँ छुट्याएको छ।

बैंकको पुँजीकोष अनुपात ११.९२ प्रतिशतबाट बढेर १२.७३ प्रतिशत पुगेको छ। औसत बेसरेट ५.११ प्रतिशतमा आएको छ।