BIZMANDU
www.bizmandu.com

उपभोक्ताको लाइनपछि विभागले थाल्यो अनुगमन, समानुपातिक रुपमा ग्यास बेच्न निर्देशन

२०८३ साउन १८

उपभोक्ताको लाइनपछि विभागले थाल्यो अनुगमन, समानुपातिक रुपमा ग्यास बेच्न निर्देशन
उपभोक्ताको लाइनपछि विभागले थाल्यो अनुगमन, समानुपातिक रुपमा ग्यास बेच्न निर्देशन

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास अभाव देखिएपछि अनुगमन तीब्र बनाएको छ। ग्यास उद्योग अगाडि रित्ता सिलिण्डरको लाइन लगाउन थालिएपछि विभागले अनुगमन तीब्र पारेको हो।

Tata
GBIME

विभागले सोमबार पेप्सीकोलास्थित सगरमाथा ग्यासको डिपो अनुगमन गरेको छ। विभागले डिपोलाई ग्यास समानुपातिक रुपमा वितरण गर्न निर्देशन दिएको छ। यो उद्योगले सगर ब्राण्डको ग्यास बेच्दै आएको छ।

विभागले अरु ग्यास उद्योगमा समेत अनुगमन गर्ने जनाएको छ। विभागले राधेराधेस्थित बर्गर हाउसले खरिद बिल बिजक नराखेपछि ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागले भैसेपाटीस्थित हेल्दी बाइट्स सर्भिसेसलाई व्यवसायसँग सम्बन्धित दर्ता, प्यान, कर चुक्ता, खरिदबिक्री बिल लगायत कागजपत्र लिएर तीन दिनभित्र आफूकहाँ उपस्थित हुन निर्देशन दिएको छ।