BIZMANDU
www.bizmandu.com

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई ट्रान्क्लिटी स्पाका सेवामा २० प्रतिशतसम्म छुट

२०८३ साउन १८

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई ट्रान्क्लिटी स्पाका सेवामा २० प्रतिशतसम्म छुट
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई ट्रान्क्लिटी स्पाका सेवामा २० प्रतिशतसम्म छुट

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले ट्रान्क्लिटी स्पामा छुट पाउने भएका छन्। बैंक र स्पाबीच यस सम्बन्धमा सम्इौता भएको छ।

Tata
GBIME

सम्झौतापत्रमा बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशी र स्पाका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका छन्। सम्झौता यो साउनदेखि दुई वर्षका लागि लागू हुनेछ।

सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले ट्रान्क्लिटी स्पाका विभिन्न सेवामा छुट पाउने छन्।

कर्मचारीेले व्यक्तिगत स्पामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवामा १५ प्रतिशत तथा ग्राहकले व्यक्तिगत स्पामा २० प्रतिशत र व्यक्तिगत ब्युटी सेवामा १५ प्रतिशत छुट पाउने बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।