BIZMANDU
www.bizmandu.com

पोखरा विमानस्थल निर्माणमा कर छुट प्रकरण : सचिव डण्डुराज घिमिरे धरौटीमा रिहा

२०८३ साउन १८

पोखरा विमानस्थल निर्माणमा कर छुट प्रकरण : सचिव डण्डुराज घिमिरे धरौटीमा रिहा
पोखरा विमानस्थल निर्माणमा कर छुट प्रकरण : सचिव डण्डुराज घिमिरे धरौटीमा रिहा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा हिनामिना भएको भन्दै दायर मुद्दामा सचिव डण्डुराज घिमिरे धरौटीमा रिहा भएका छन्।

Tata
GBIME

सोमबार विशेष अदालतको नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा भएको थुन्छेक बहसपछि उनलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो। उनी चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

यसअघि भ्रष्टाचार मुद्दामा पूर्व अर्थसचिव शंकरप्रसाद अधिकारी र पूर्वसचिव केवल भण्डारीसँग धरौटी माग भएको थियो।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित १३ जना विरुद्ध गत बैशाख २४ गते अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेको थियो। विमानस्थल निर्माण कम्पनीलाई राज्यकोषबाट ३ अर्ब ६२ करोड  रुपैयाँ कर छुट दिएर नोक्सानी भएको आरोपमा मुद्दा दायर गरिएको हो।