BIZMANDU
www.bizmandu.com

मालबाहक सवारीसाधनको दर्ता अढाइ महिनापछि खोलियो, विभागले प्रदेशमा पठायो पत्र

२०८३ साउन १८

मालबाहक सवारीसाधनको दर्ता अढाइ महिनापछि खोलियो, विभागले प्रदेशमा पठायो पत्र
मालबाहक सवारीसाधनको दर्ता अढाइ महिनापछि खोलियो, विभागले प्रदेशमा पठायो पत्र

काठमाडौं। सरकारले मालबाहक सवारीसाधनको दर्ता अढाइ महिनापछि खुला गरेको छ।

Tata
GBIME

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको निर्देशनमा यातायात व्यवस्था विभागले गत जेठ ७ गते सबै प्रदेशका यातायात कार्यालयलाई पत्र पठाएर सार्वजनिक सवारीसाधनको दर्ता अनिश्चतकालका लागि बन्द गर्न लगाएकामा सोमबार मालबाहक गाडीको दर्ता भने खोलेको हो।

विभागले मालवाहक सार्वजनिक सवारीसाधनको दर्ता खुलाउन सबै प्रदेशका यातायात मन्त्रालयलाई सोमबार पत्र पठाएको छ। विभागले सार्वजनिक बसको दर्ता भने खुलाएको छैन।