BIZMANDU
www.bizmandu.com

विदेशी पर्यटक जुलाईमा ७१ हजार ७७५ आए, भारतीयको हिस्सा ३२.७३%, चिनियाँ ६१% ले बढे

२०८३ साउन १८

विदेशी पर्यटक जुलाईमा ७१ हजार ७७५ आए, भारतीयको हिस्सा ३२.७३%, चिनियाँ ६१% ले बढे
विदेशी पर्यटक जुलाईमा ७१ हजार ७७५ आए, भारतीयको हिस्सा ३२.७३%, चिनियाँ ६१% ले बढे


काठमाडौं। मध्य मनसुनको समयमा करिब ७२ हजार पर्यटक नेपाल भित्रिएका छन्। जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

Tata
GBIME

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाईको तुलनामा २.३ प्रतिशत बढी हो। सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए।

यसपालि जुलाईमा भारतबाट सबैभन्दा धेरै २३ हजार ४९० पर्यटक आएका छन्। यो कुल आगमनको ३२.७३ प्रतिशत हो। चिनियाँ पर्यटकको संख्या उल्लेख्यरूपमा बढेको छ। चीनबाट जुलाईमा ११ हजार ९९ पर्यटक छन्। यो गत वर्ष जुलाईको तुलनामा ६१.०९ प्रतिशत बढी हो।

सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ पर्यटक आएका थिए। चिनियाँ पर्यटक आगमन कोभिडपूर्वभन्दा ८.६५ प्रतिशत बढेको छ।

अमेरिकाबाट ७ हजार ७५४, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ पर्यटक नेपाल आएका छन्।