काठमाडौं। सेयर बजारमा साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ। नेप्सेमा सोमबार ४ अर्ब ५७ करोड २० लाख रुपैयाँको कारोबार भएको हो। रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै २७ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
नेप्से अन्तिम क्षणमा झिनो अंकले घटेको छ। कारोबार सुरु भएदेखि नै उकालो लागेको नेप्से अन्तिममा १.२० अंकले घटेको हो। बजारमा १२८ कम्पनीका लगानीकर्ताले कमाउँदा १४० कम्पनीको सेयर मूल्य घटेको छ।
सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलरका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।