BIZMANDU
www.bizmandu.com

राहदानी कसुरको पुरानो मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

२०८३ साउन १८

राहदानी कसुरको पुरानो मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
राहदानी कसुरको पुरानो मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

Tata
GBIME

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार भट्टराईलाई नियन्त्रणमा लिएको हो।

राहदानी कसुर ऐन अन्तर्गत उनलाई पक्राउ गरिएको सीआइबीका एसएसपी अनुप शमशेर जबराले जानकारी दिए।

२०८२ चैतमा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा उनीविरुद्ध मुद्दा बुझाएको थियो।

प्रहरीले उनलाई आजै अदालतमा बुझाउने तयारी गरेको छ।