BIZMANDU
www.bizmandu.com

सिन्धुलीको फिक्कलमा बसको ठक्करले कार सुनकोशीमा खस्यो, चालकसहित तीन बेपत्ता

२०८३ साउन १८

सिन्धुलीको फिक्कलमा बसको ठक्करले कार सुनकोशीमा खस्यो, चालकसहित तीन बेपत्ता
सिन्धुलीको फिक्कलमा बसको ठक्करले कार सुनकोशीमा खस्यो, चालकसहित तीन बेपत्ता


काठमाडौं। मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनामा कार सुनकोशी नदीमा खसेर तीन जना बेपत्ता भएका छन्। सिन्धुलीको फिक्कल-नवलपुरमा बससँग ठोक्किएको सडक विभागको कार सुनकोशीमा खसेको हो।

Tata
GBIME

नेपाल प्रहरीका अनुसार आज (सोमबार) करिब ११:४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङतर्फबाट खुर्कोट आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुल्कोटको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो।

ठक्करपछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा कारका चालक सिन्धुपाल्चोकका करिब ३९ वर्षीय दिलकुमार लामा, एस्काभेटर अपरेटर सिन्धुली गोलन्जोर-१ का करिब २७/२८ वर्षीय गणेश थापा र नाम, थर नखुलेका एक जना सहयोगी (हेल्पर) बेपत्ता भएका छन्।

बेपत्ताको खोजी कार्य जारी छ। बसचालक सिन्धुली फिक्कल-६ का २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसलाई पनि नियन्त्रणमा लिएर प्रहरी चौकी खाङसाङमा राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।