BIZMANDU
www.bizmandu.com

इवा खोला जलविद्युत आयोजना तीन सातादेखि बन्द, सञ्चालनमा ल्याउने प्रयास असफल

२०८३ साउन १८

इवा खोला जलविद्युत आयोजना तीन सातादेखि बन्द, सञ्चालनमा ल्याउने प्रयास असफल
इवा खोला जलविद्युत आयोजना तीन सातादेखि बन्द, सञ्चालनमा ल्याउने प्रयास असफल


काठमाडौं। पाँचथरस्थित ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत आयोजना बाढीका कारण तीन साताभन्दा बढी समयदेखि बन्द भएको छ।

Tata
GBIME

अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट आयोजनाको हेडरेस पाइपलाइन रहेको क्षेत्रमा नदी कटान भई पाइपलाइनका आधार संरचना र अन्य सिभिल संरचनामा क्षति पुगेको प्रवर्धक कम्पनी रिडी पावरले जनाएको छ।

निरन्तरको वर्षाले पाइपलाइनमुनिको भाग भूक्षय हुन गई विभिन्न स्थानमा पाइप फुट्ने तथा चिरा पर्ने समस्या देखिएकामा आवश्यक मर्मत कार्य गरी आयोजना पुनः सञ्चालनमा ल्याउने प्रयास असफल भएको छ।

‘परीक्षणका क्रममा पुनः विभिन्न स्थानमा पाइपलाइनमा क्षति देखिएकाले विस्तृत प्राविधिक मूल्यांकनपछि सामान्य मर्मत वा वेल्डिङबाट मात्र आयोजना सुरक्षित रूपमा सञ्चालन गर्न सम्भव नरहेको निष्कर्षमा पुगिएको छ,’ कम्पनीले भनेको छ।

असार २६ गतेबाट उत्पादन बन्द भएको आयोजनामा हाल स्थायी समाधानका लागि आवश्यक प्राविधिक अवलोकन तथा मर्मत कार्य अगाडि बढाइएको छ।