चितवन। मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत नाम्सी नयाँ पुलमा माथिबाट ढुंगा खसेपछि सडक एकतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार सोमबार बिहान ७:४० बजेसम्म पुरानो पुलबाट मात्रै सवारीसाधन संचालन गरिएको छ।
सडक खुलाउन आवश्यक उपकरण उक्त स्थानमा परिचालन गरिएको छ। ढुंगा हटाउने काम जारी रहेकाले सडक पूर्ण रूपमा दुईतर्फी संचालनमा आउन करिब एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको छ।
सडक डिभिजनले यात्रु र चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सुरक्षाका दृष्टिले पुरानो पुल प्रयोग गरेर मात्रै एकतर्फी रूपमा सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ।