BIZMANDU
www.bizmandu.com

बिहानैदेखि मुन्दडा समूहको घर घेराउ गरेर खोजतलास गर्दै प्रहरी, मेघराज शर्मा मार्गमा प्रवेश निषेध

२०८३ साउन १८

बिहानैदेखि मुन्दडा समूहको घर घेराउ गरेर खोजतलास गर्दै प्रहरी, मेघराज शर्मा मार्गमा प्रवेश निषेध
बिहानैदेखि मुन्दडा समूहको घर घेराउ गरेर खोजतलास गर्दै प्रहरी, मेघराज शर्मा मार्गमा प्रवेश निषेध


विराटनगर। विराटनगरस्थित व्यापारीक घराना देवनरा मुन्दडा समूहको घरमा प्रहरीले सोमबार बिहान ४ बजेदेखि घेराउ गरेर खोजतलास सुरु गरेको छ।

Tata
GBIME

यसबारे प्रहरीले हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

मुन्दडा समूह जेजे ज्वेलर्स नामक चाँदीका गहना उद्योग, बाबा आयल रिफाइनरी र हाइलाइफ चप्पल उद्योग सञ्चालन गर्दै आएको औद्योगिक समूह हो। जेजे ज्वेलर्स नेपालको सबैभन्दा ठूलो चाँदी उद्योग हो।

सोही समूहका प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशीका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष पनि हुन्।

प्रहरीले घेराउका क्रममा गोल्छा मोडदेखि जिल्ला प्रहरी कार्यालयसम्म पर्ने पण्डित मेघराज शर्मा मार्ग पूर्ण रूपमा नियन्त्रणमा लिएको छ। उक्त क्षेत्रमा सर्वसाधारणलाई प्रवेश गर्न दिइएको छैन।

खोजतलासको कारण, अनुसन्धानको प्रकृति वा सम्भावित मुद्दाबारे प्रहरीले कुनै विवरण खुलाएको छैन।

‘माथिल्लो निकायमा स्वाप अपरेसन भनिएको छ,’ उच्च प्रहरी अधिकृतले भने।

जिल्ला प्रहरीले राति नै माथिल्लो निकायलाई जानकारी दिइएर उक्त अपरेसन गरेको हो।