BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, एलपी ग्यासमा यथावत

२०८३ साउन १७

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, एलपी ग्यासमा यथावत
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, एलपी ग्यासमा यथावत


काठमाडौं। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेपछि पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धनको खुद्रा बिक्री मूल्य बढाएको छ। नयाँ मूल्य साउन १८ गते रातिदेखि लागू हुनेछ।

Tata
GBIME

समायोजित मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर ३ रुपैयाँ बढाएर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ र तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल) मा २०० रुपैयाँ कायम गरिएको छ। 

डिजेल/मट्टितेलको मूल्य भने सबै वर्गमा प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ। यसअनुसार पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ।

त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० बढाएर २४९ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर १,६८७ अमेरिकी डलर, पोखराका लागि १,२३७ अमेरिकी डलर र भैरहवाका लागि १,२२२ अमेरिकी डलर कायम गरिएको छ। निगमका अनुसार पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने ब्रेकइभेन बिन्दुमा यथावत् राखिएको हो।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २,०६० मै यथावत् राखिएको छ। निगमले मूल्य समायोजन गरे पनि मासिक रूपमा करिब १ अर्ब ४१ करोड घाटा व्यहोर्नुपर्ने अवस्था रहने जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको निरन्तर वृद्धि र असामान्य परिस्थितिका कारण सबै उपभोक्ता तथा सरोकारवालालाई पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग गर्न निगमले आग्रह गरेको छ।