काठमाडौं। गृहमन्त्री सुधन गुरुङ काठमाडौं फर्किएका छन्।
सुनसरी तथा मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा साम्प्रदायिक घटना हुन थालेपछि मन्त्री गुरुङ सुनसरी हुँदै मधेश प्रदेश पुगेका थिए। मन्त्री गुरुङले सुनसरीमा पीडित परिवारका सदस्यसँग सम्झौता गरेका थिए।
यस्तै , सुनसरी, सिराहा, पर्सालगायतका जिल्लामा विभिन्न पक्षसँग छलफल र सहमति उनले गरेका थिए। सुनसरी घटनाको चार दिनपछि उक्त क्षेत्रमा पुगेका गुरुङ आइतबार साँझ बुद्ध एयरको जहाजबाट काठमाडौं फर्किएका हुन्।
उनी साउन १४ गते सुनसरी गएका थिए। सुनसरीबाटै गुरुङ मधेश प्रदेश पुगेका हुन्।