BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका सामग्रीसहित ४ जना पक्राउ, बेटिङमा पनि संलग्न

२०८३ साउन १७

अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका सामग्रीसहित ४ जना पक्राउ, बेटिङमा पनि संलग्न
अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका सामग्रीसहित ४ जना पक्राउ, बेटिङमा पनि संलग्न

काठमाडौं। अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआइपी) मा संलग्न ४ जना पक्राउ परेका छन्।

GBIME
Tata

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौं र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो।

गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौंको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौं र भक्तपुरबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हव, राउटर लगायत सामग्री बरामद गरेको छ। यी सामग्रीहरू बेटिङ एपमा पनि प्रयोग भएको भन्दै ब्युरोले सोसम्बन्धमा पनि अनुसन्धान भइरहेको जनाएको छ।