BIZMANDU
www.bizmandu.com

इतर समूह पार्टी फुटाउने प्रयासतिर लागेपछि गगनले बोलाए केन्द्रीय कार्यसमितिको बैठक

२०८३ साउन १७

इतर समूह पार्टी फुटाउने प्रयासतिर लागेपछि गगनले बोलाए केन्द्रीय कार्यसमितिको बैठक
इतर समूह पार्टी फुटाउने प्रयासतिर लागेपछि गगनले बोलाए केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठक बोलाएका छन्।

Tata
GBIME

इतर समूहले पार्टी फुटाउने अन्तिम तयारीस्वरुप राष्ट्रिय भेला आयोजक समिति गठन गरेपछि गगनले साउन २४ गतेका लागि बैठक बोलाएका हुन्।

कांग्रेसको संस्थापनइतर पक्षले साउन २९ गते राष्ट्रिय भेला गर्दैछ। त्यो भेलाका लागि संस्थापन इतर पक्षले शनिबार पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५२१ सदस्यीय आयोजक समिति गठन गरेको छ।