BIZMANDU
www.bizmandu.com

कर्माको अपराध धन्दा: नख्खुबाट भागेपछि प्रहरीले समातेर पठायो कारागार, छुटेपछि फेरि लुटपाटमै

२०८३ साउन १७

कर्माको अपराध धन्दा: नख्खुबाट भागेपछि प्रहरीले समातेर पठायो कारागार, छुटेपछि फेरि लुटपाटमै
कर्माको अपराध धन्दा: नख्खुबाट भागेपछि प्रहरीले समातेर पठायो कारागार, छुटेपछि फेरि लुटपाटमै


काठमाडौं । काठमाडौं उपत्यकाभित्रका विभिन्न ठाउँमा श्रृंखलाबद्ध लुटपाट तथा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबारदेखि आइतबारसम्म पाँच जनाको समूहलाई नियन्त्रणमा लिएको हो।

Tata
GBIME

पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक धुलिखेल नगरपालिका बस्ने ३० वर्षीय प्रतिमान गोले, पनौतीका ३० वर्षीय पासाङ घिसिङ, मनोज तामाङ, सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङ र कास्की घर भएका २९ वर्षीय आले गुरुङ रहेका छन्।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरु विगतमा पनि गुण्डागर्दी, चोरी, लुटपाट लगायतका घटनाहरुमा संलग्न रहेको देखिएको परिसरका एसएसपी दिलीप घिमिरेले जानकारी दिए।

सो समूहले अधिकांश महिला तथा वृद्धाहरूलाई निशाना बनाउने गरेका थिए।  प्रतिकार गर्न खोजे घाँटी थिच्ने, कुटपिट गरि घाइते बनाउने गरेको पाइएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

असार १५ गते राति सो समूहले बनेपामा एक महिलालाई सेतीदेवी दुग्ध सहकारी गाई फार्म नजिकै दूध लिन जाने क्रममा लुटपाट गरेका थिए। पछाडिबाट मुख छोपेर घाटी समातेर बोल्न नदिई लछारपछार तथा कुटपिट गरेर उनीहरुले १ तोला २० लाल बराबरको सुनको सिक्री लुटेका थिए। त्यसपछि उनीहरु मोटरसाइकल लिएर फरार भएका थिए।

दिनहुँ यस्ता घटनाहरु बढ्न थालेपछि प्रहरीले कर्मा समूहले नै अपराध गरेको निष्कर्ष निकालेर खोजी गर्न थालेको थियो। प्रहरीले गत शुक्रबार कोटेश्वर, नयाँ बानेश्वर, टोखा र बनेपामा भएको सिक्री लुटपाटमा उनीहरुकै प्रत्यक्ष संलग्नता पाएको थियो। त्यसपछि सो समूहका सदस्यहरुलाई खोजी गरेर पक्राउ गरिएको हो।

नियन्त्रणमा लिइएका कर्मा भने प्रहरीको खोजी सूचीमा नै थिए।

खोजतलास गर्दै जाँदा शनिबार गते राती बुढानीलकण्ठ नगरपालिकाको चुनिखेल, गाम्चा स्थित पानी ट्यांकी नजिकै उनीहरु रहेको देखिएपछि प्रहरीले अप्रेसन सुरु गरेको थियो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा खुकुरीले प्रहरी टोली माथि आक्रमण प्रयास गरिएको थियो। त्यसपछि गोली प्रहार गरेर उनीहरुलाई नियन्त्रणमा लिइएको एसएसपी घिमिरेले बताए।

दुई राउन्ड हवाई फायर गर्दा समेत आक्रमण प्रयास जारी राख्दै उनीहरु मोटरसाइकलमा भाग्न खोजेको थिए। उनीहरुले लुटपाट गर्नकै लागि चोरी भएको मोटरसाइकल प्रयोग गर्ने गरेको देखिएको छ। उनीहरुले चोरी गरेका मोटरसाइकलहरुको नम्बर प्लेट परिवर्तन गरेर लुटपाटमा प्रयोग गर्ने देखिएको एसएसपी घिमिरेले जानकारी दिए।

एउटा अपराध पछि उनीहरुले फेरि नम्बर प्लेट र बाइकको स्वरुप परिवर्तन गरेर उपत्यका बाहिर लगेर सस्तोमा बिक्री गर्ने गरेको पनि खुल्न आएको हो।

पक्राउ परेका कर्मा लुटपाटमा राइडरको काम गर्थे। उनी डाँका चोरी मुद्दामा नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेकोमा जेनजी घटनामा कारागारबाट भागेका थिए।

इलाका प्रहरी कार्यालय बनेपाले उनलाई पुन: पक्राउ गरेर कारागारमा पठाएको थियो। कैद भुक्तान गरेर निस्किएको तीन हप्तामा नै उनी पुनः लुटपाटमा फर्किएको प्रहरीले जानकारी दिएको छ।