BIZMANDU
www.bizmandu.com

कांग्रेस फुटको संघारमा पुगेपछि संस्थापन र इतर पक्षलाई एउटै मञ्चमा ल्याउने प्रयासमा नैनसिंह महर

२०८३ साउन १७

कांग्रेस फुटको संघारमा पुगेपछि संस्थापन र इतर पक्षलाई एउटै मञ्चमा ल्याउने प्रयासमा नैनसिंह महर
कांग्रेस फुटको संघारमा पुगेपछि संस्थापन र इतर पक्षलाई एउटै मञ्चमा ल्याउने प्रयासमा नैनसिंह महर

काठमाडौं। पार्टी फुटको सं‌घारमा पुगेपछि नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आफ्नो नेतृत्वमा राष्ट्रिय भेला गर्ने भएका छन्।

Tata
GBIME

उनले आइतबार पत्रकार सम्मेलन गरी साउन २० गते राष्ट्रिय भेला गर्ने जानकारी दिंदै संस्थापन र इतर पक्षका शीर्ष नेताहरुलाई एकै मञ्चमा उभ्याउने दाबी गरे।

‘साउन २० गते वर्तमान पदाधिकारीलाई र पूर्वपदाधिकारीलाई एकै मञ्चमा ल्याउन प्रयासमा हामी लागेका छौं,’ महरले भने।

कांग्रेसको संस्थापनइतर पक्षले साउन २९ गते राष्ट्रिय भेला गर्दैछ। त्यो भेलाका लागि संस्थापन इतर पक्षले शनिबार पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५२१ सदस्यीय आयोजक समिति गठन गरेको छ।

विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले आफूहरुको माग सुनुवाई नगरेको भन्दै शेरबहादुर देउवा पक्षका नेताहरु नयाँ पार्टी खोल्ने तयारीमा लागेका हुन्। कांग्रेसमा फुट रोक्न आफूहरु लागी परेको महरको दाबी छ।