BIZMANDU
www.bizmandu.com

ग्यासको आपूर्ति सहज बनाउन निगमद्वारा उद्योगीहरुलाई आग्रह, ‘नपाउनेले हटलाइनमा फोन गर्नुस्’

२०८३ साउन १६

ग्यासको आपूर्ति सहज बनाउन निगमद्वारा उद्योगीहरुलाई आग्रह, ‘नपाउनेले हटलाइनमा फोन गर्नुस्’
ग्यासको आपूर्ति सहज बनाउन निगमद्वारा उद्योगीहरुलाई आग्रह, ‘नपाउनेले हटलाइनमा फोन गर्नुस्’


काठमाडौ‌ं। पुरा सिलिन्डर बेच्न सुरु गरेपछि बजारमा ग्यास पर्याप्त नआउँदा नेपाल आयल निगमले बजारको ध्यानाकर्षण भएको छ। निगमले शनिबार विज्ञप्ति जारी गर्दै खाना पकाउने ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन ग्यास उद्योगीहरूलाई अनुरोध गरेको छ।

Tata
GBIME

ग्यासको अभावको खबर विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक भएपछि निगमले विज्ञप्ति जारी गर्दै बजारमा १४.२ किलोग्राम क्षमताको ग्यास सिलिण्डरको सहज आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको हो। निगमको तथ्यांक अनुसार दैनिक माग अनुसार नै ग्यासको आपूर्ति भइरहेको छ। तर, बजारमा ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको निगमले जनाएको छ।

विक्रेताहरूले घरायसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अनिवार्य रेकर्ड राखेर व्यवस्थित तवरले ग्यास बिक्री वितरण गर्नुपर्ने निगमले स्पष्ट पारेको छ।

काठमाडौं उपत्यकामा केही ग्यास ब्रान्डहरूको उच्च मागलाई मध्यनजर गर्दै निगमले टेकुस्थित आफ्नो कार्यालयबाट समेत नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका सिलिण्डरहरू शनिबारका दिनदेखि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत नै बिक्री वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ।

उपभोक्ताले ग्यास नपाएको खण्डमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१-५९७१९०२ मा सम्पर्क गरी जानकारी गराउन सकिने विज्ञप्तिमा छ। एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रूपमा भइरहेको र आगामी दिनमा पनि निरन्तर रहने भएकाले आम उपभोक्ताहरूलाई आत्तिनु नपर्ने, आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र घरमा अनावश्यक भण्डारण नगर्न निगमले अनुरोध गरेको छ।