BIZMANDU
www.bizmandu.com

रौतहटको गरुडामा ५ मेगावाटको सोलार आयोजना निर्माण गरिँदै, आगामी चैतभित्रै तयार हुने

२०८३ साउन १६

रौतहटको गरुडामा ५ मेगावाटको सोलार आयोजना निर्माण गरिँदै, आगामी चैतभित्रै तयार हुने
रौतहटको गरुडामा ५ मेगावाटको सोलार आयोजना निर्माण गरिँदै, आगामी चैतभित्रै तयार हुने


काठमाडौं। रौतहट जिल्लाको गरुडा नगरपालिकामा ५ मेगावाट क्षमताको गरुडा सौर्य विद्युत आयोजना निर्माण हुने भएको छ। आयोजना निर्माण गर्दा कुणे प्रतिकूल असर पर्ने भएका राय सुझाव दिन विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ।

Tata
GBIME

आयोजनाको प्रवर्द्धक कम्पनी प्रो सन लाइट रिन्यूएबल इनर्जी प्रालि हो। कम्पनीले विद्युत ऐन २०४९ तथा विद्युत नियमावली २०५० बमोजिम अनुमतिपत्रका लागि विभागसमक्ष दरखास्त पेस गरेको थियो। आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन ऊर्जा मन्त्रालयबाट गत असार २६ मा स्वीकृत भइसकेको विभागले जनाएको छ।

आयोजनाका मुख्य संरचना गरुडा नगरपालिका-५ को करिब ४.७५ हेक्टर जग्गामा निर्माण गरिनेछ। ५ मेगावाट जडित क्षमता रहने यस आयोजनाबाट वार्षिक औसत ९.८०१ गिगावाट घण्टा विद्युत उत्पादन हुने लक्ष्य राखिएको छ।

कम्पनीका अनुसार सोलर फोटोभोल्टाइक प्यानलबाट निकालिएको डीसी विद्युतलाई ३०० किलोवाट क्षमताका १६ वटा र २०० किलोवाट क्षमताको एउटा स्ट्रिङ इन्भर्टरमार्फत एसीमा रूपान्तरण गरी ५ मेगावाट विद्युत उत्पादन गरिनेछ। उत्पादित विद्युतलाई ३३ के.भी. प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको मानपुर सब-स्टेशनमा जोडिनेछ।

आयोजनाको निर्माण कार्य आगामी चैत्रभित्रै सम्पन्न गर्ने लक्ष्य छ।