काठमाडौं। राहदानी प्रकरणमा मुछिएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन्। उनी शुक्रबार विशेष अदालतमा हाजिर भएका थिए।
अध्यक्ष बासुदेव आचार्य र हेमन्त राउवलको संयुक्त इजलासले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो।
पासपोर्ट छपाइको ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जना र दुई कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह र उनको सचिवालयले राहदानी विभागका महानिर्देशक तीर्थ अर्याल र जर्मन कम्पनीका नेपाली एजेन्टलाई जर्बजस्ती मुद्दा हाल्न लगाएका थिए।
प्रधानमन्त्री शाहको सचिवालयले अर्याललाई जर्बजस्ती पक्राउ गर्न दबाब दिँदा थापा पनि त्यहीँ थिए। थापाले टेलिफोन गरेर जर्मन राजदूत उडो युजन भोल्जलाई सिंहदरबार बोलाएका थिए।
राजदूत भोल्ज बिना कुनै जानकारी आएको भन्दै प्रधानमन्त्रीका सचिवालय सदस्यले असामान्य व्यवहार गरेको थियो। यसले दुई देशबीच कूटनीतिक तनाव सिर्जना हुने अवस्था आएको थियो।
सार्वजनिक सम्पत्तिमा गैरकानुनी लाभहानी पुर्याइ भ्रष्टाचार गरेको भन्दै अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
भेरिडोस जीएमबीएचका नेपाली प्रतिनिधि थापा हुन्।