BIZMANDU
www.bizmandu.com

मधेसमा द्वन्द्व बढेपछि वित्तीय संस्थामा सावधानी अपनाउन निर्देशन, भुक्तानीमा छैन रोकावट

२०८३ साउन १५

मधेसमा द्वन्द्व बढेपछि वित्तीय संस्थामा सावधानी अपनाउन निर्देशन, भुक्तानीमा छैन रोकावट
मधेसमा द्वन्द्व बढेपछि वित्तीय संस्थामा सावधानी अपनाउन निर्देशन, भुक्तानीमा छैन रोकावट

काठमाडौं। मधेसमा द्वन्द्व चर्किँदै गएपछि नेपाल राष्ट्र बैंकले आफ्ना सबै शाखाहरुलाई ‘हाइअलर्ट’ मा रहन निर्देन दिएको छ। साथै बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सावधानी अपनाउन भनिएको छ।

Tata
GBIME

हिन्दु-मुस्लिमका नाममा सुनसरीबाट सुरु भएको द्वन्द्व पश्चिमतिर सरिरहेको छ। सामाजिक सद्भाव कायम राख्न सरकारदेखि राजनीतिक दल, विभिन्न संगसंगठनहरुले निरन्तर अपिल गरिरहँदा पनि द्वन्द्व शान्त हुन सकेको छैन।

‘सबै प्रदेशका शाखाहरुलाई सावधानी अपनाउन भनिएको छ’ गभर्नर डा. विश्वनाथ पौडेलले भने। 

बैंक तथा वित्तीय संस्थाहरुले पनि आफ्ना शाखाहरुलाई सावधानी अपनाउन र जोखिम नलिन निर्देशन दिएका छन्। यद्यपी भुक्तानी भने खासै प्रभावित नभएको बैंकहरुले जनाएका छन्।