BIZMANDU
www.bizmandu.com

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ३ जना पक्राउ

२०८३ साउन १५

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ३ जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ३ जना पक्राउ


काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्।

Tata
GBIME

पक्राउ पर्नेहरूमा काठमाडौंको टोखा नगरपालिका-१० बस्ने दाङका ३२ वर्षीय पवन कुमार केसी (बिक्रम), काठमाडौं-३ बस्ने रौतहटका २१ वर्षीय सुधिर प्रसाद जयसवाल र काठमाडौं-२५ बस्ने काभ्रेकी ३८ वर्षीया लक्ष्मी खड्का छन्।

प्रहरीका अनुसार पवनले सिंगापुर पठाइदिने भन्दै २ जना पीडितबाट ७ लाख रूपैयाँ, सुधिरले साईप्रस पठाइदिने भन्दै १ जनाबाट १ लाख रूपैयाँ र लक्ष्मीले रोमानिया पठाइदिने भन्दै १ जनाबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं-१० बाट, सुधिरलाई टोखा-९ बाट र लक्ष्मीलाई काठमाडौं-१२ बाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको छ।