BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २ महिनाका लागि २५ अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

२०८३ साउन १५

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २ महिनाका लागि २५ अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २ महिनाका लागि २५ अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट २५ अर्ब रुपैयाँ उठाउन लागेको छ।

Tata
GBIME

राष्ट्र बैंकले यो रकम बोलकबोलमार्फत २ महिनाका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ।

शुक्रबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज असोज १४ गते भुक्तानी गर्नेछ।

राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ७ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।